पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

लिस्बन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी लिस्बनमा गत वर्ष २०१९ जुन २० को भेलाले शाखाका लागि माग गरेको थियो ।

पोर्चुगलका नेपाली पत्रकारको भेलाले तदर्थ समितिका संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सहसंयोजकमा राजकुमार थापा, प्रवक्तामा पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान् गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा एवं सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याललाई चयन गर्दै केन्द्रलाई सिफारिस गरेको थियो । यही फागुन ११ गते तदर्थ समिति स्वीकृत गर्दै महासङ्घ महासचिव रमेश विष्टले केन्द्रको समन्वय शाखाको अधिवेशन गर्न पत्राचारमार्फत अनुरोध गरेका छन् ।

नेपाली कार्यक्रम स्थगित

कोरोना भाइरस कारण पोर्चुगलका नेपाली समुदायले पूर्वघोषित कार्यक्रम स्थगन गरेका छन् । नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

पोर्चुगलमा हालसम्म १३ जनालाई कोरोनाको सङ्क्रमण भएको जनाइएको छ । कुरी काब्राल अस्पताल लिस्बनका चिकित्सक क्यारोलिना कोस्टाले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जस्तो कोरोना महामारीबाट भयभीत हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

४ बैशाख २०८३