सचिवालयले भन्याे- शशांक शेखरकै प्यानलमा, देउवा प्यानलले भ्रम फैलायाे


काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानकाे तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ ।

तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ । शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने, ‘उहाँ (शशांक)काे नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारकाे पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएकाे थियाे । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा