काठमाडौ। प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सो कार्यक्रम चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
चिचिला गाउँपालिकाका स्थानीयवासीलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजीवी, नागरिक समाजलगायतका व्यक्तिको कार्यक्रममा सहभागिता रहेको थियो ।
एकदिने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाइ राख्दै ससाना रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आय आर्जनको स्रोत बढाउन सकिने धारणा राखे ।
चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रूपमा परिचित भएको भए तापनि नगदेबालीका रूपमा अलैंचीखेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नका लागि स्थानीयवासी नै अग्रसर भई लागेमा आर्थिक रूपमा सम्पन्न हुन सकिने बताए ।
कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाका ’boutमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक बैंक र सेजनलाई धन्यवाद प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
खाँदबारी शाखा कार्यालयका शाखा प्रमुख सुमन बस्नेतलगायतले वित्तीय व्यवस्थापन’bout आआप्mना भनाइ रााखेका थिए । बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले जनाएको छ ।






