साउनमा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री, बजारमा अभाव उस्तै

काठमाडौं । साउन महिनामा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । त्यत्ति धेरै ग्यास बिक्री भए पनि बजारमा अभाव उस्तै देखिएको छ । निगमका अनुसार साउनमा मात्रै ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ। यो भनेको ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो।

असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बजारमा गएको निगमको तथ्यांकले देखाउँछ।

निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। वैशाखमा यो घटेर २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा सीमित भएको थियो।

त्यसपछि असारदेखि ग्यासको आयात तथा बिक्री बढ्दै गएको देखिन्छ। साउनमा हालसम्मकै तुलनात्मक रूपमा उच्च परिमाणमा ग्यास बजारमा पठाइए पनि विभिन्न क्षेत्रमा अभावको समस्या देखिएको छ। निगमले आगामी दिनमा ग्यासको आयात अझ बढ्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक