माेराेक्काे अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेकाे हाे । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोराेक्कोले अग्रता बनायाे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोराेक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोराेक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍याे । दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ । अन्य खेलमा गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली