जो रक्षक ऊ नै भक्षक भएपछि…

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal


धनगढी । ड्युटीमा खटिएका प्रहरी टोलीले धनगढीस्थित एक मोवाइल पसलबाट मोवाइल चोरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोवाइल ग्यालरीबाट मोवाइल चोरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भैरहरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीका एक जनाले मोवाइल ग्यालरीबाट मोवाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभिमा कैद भएपछि घटना सार्वजनिक भएको हो ।

मोवाइइल ग्यालरीबाट ती प्रहरीले मोवाइल चोरी गर्दै गरेको सिसीटिभिको फुटेज सहित पसल सञ्चालक सुवास रावलले प्रहरी कार्यालयमा उजुरी दिएका छन् । रावलले मोवाइलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोवाइल चोर्दै गरेको देखेपछि चोरीमा सलग्न प्रहरीलाई कार्बाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताए ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि घटना ’bout छानबिन भइरहेको बताए । उनले घटना संलग्न प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भैरहेको बताए ।

एसपी अधिकारीले निजहरुबाट मोवाइल समेत बरामद गरिएको जानकारी दिए । प्रहरीले बिहिवार मोवाइल ग्यालरीबाट लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई पनि पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश