बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

फाइल तस्वीर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो)मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइए पनि निजी सवारीसाधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्याक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको जनाइएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ६ माघमा सबै प्रकारका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए । सो नियमले सार्वजनिक सवारीसाधनमा झनै भिडभाड बढेको भन्दै आलोचना बढेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग