चौथो राष्ट्रिय स्की च्याम्पियनसीपको उपाधी साहसराम श्रेष्ठ र संगिता लामाले जितेका छन् । अल्पाइन विधातर्फ हिमाली जिल्ला मुस्ताङमा मंगलबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोस्रो भए भने सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पा तेस्रो भए ।
महिलातर्फ नुवाकोटकी संगिता लामा च्याम्पियन बनिन् । ललितपुरकी देबोटा तिमल्सिनाले रजत पदक जितिन् । धनकुटाकी लक्ष्मी राईले काश्य पदक जितिन् । प्रतियोगितामा १६ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले बताए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द बैद्यले च्याम्पियनसिपको उद्घाटन गरेका थिए । उनले मुस्ताङ स्कीका लागि उपयुक्त भएको बताए । उनले स्की खेलका लागि हिउँका विषयमा प्लान गर्नुपर्ने भएकाले संघका लागि यो प्रतियोगिता गर्न सहज नभए पनि सफलतापूर्वक सम्पन्न गरेको सकेकोमा बधाई दिए ।
विजेता खेलाडीलाई बैद्यसहित बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङ, पर्यटन व्यवसाथी सुरज गुरुङले खादा लगाई बधाई दिएका थिए ।
गत शुक्रबारदेखि सोहि स्थानमा ट्रेनिङ्ग भएको संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले बताए । जसमा स्थानीय खेलाडीले समेत सहभागीता जनाएका थिए ।
वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा भएको स्की अल्पाइन इभेन्टका लागि गाउँपालिकाले महत्वपूर्ण सहयोग गरेको निरज श्रेष्ठले बताए । टे«निङ्ग लिनका लागि गाउँपालिकाले इच्छुक खेलाडीलाई सुचना नै प्रकाशन गरेको थियो ।
संघले मुस्ताङलाई स्की हबका रुपमा विकास गर्ने योजना बनाएको छ । साथै हिउ पर्यटनका लागि पनि मुस्ताङको सम्भावना रहेको छ । कुलबहादुर गुरुङ, शेयरबहादुर गुरुङ, धुव्र सेन र डोलबहादुर गुरुङले प्रशिक्षण दिएका थिए । संघले केहि दिनपछि काठमाडौंमा विजेता खेलाडीलाई मेडल वितरण गर्ने कार्यक्रमको आयोजन ागनृै महासबिचव श्रेष्ठले बताए ।






