खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा बढी मात्रामा ग्यास सिलिण्डर नराख्न अपिल गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो ।

मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने जानकारी दिएकी छिन् ।

हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले यस महिनादेखी नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 865 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई मेयर साहको आग्रह