प्रेस चौतारी नेपालले राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सम्मान गरेको छ । २०७७ अन्तर्गतको डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक पण्डित पुरस्कृत भएका हुन् । उनीसहित ११ पत्रकारलाई चौतारीले पोखरामा आयोजित नवौं महाधिवेशनको उद्घाटन समारोहका बिच पुरस्कृत गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई पुरस्कृत गरेका थिए । महाधिवेनमा २ बर्षको पुरस्कार एकै पटक प्रदान गरेको हो । २०७७ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सुनसरीका कृष्णविनोद लम्साल, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट गोरखापत्रका केपी गौतम पनि सम्मानित भए । पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरका अब्लुल्लाह मियाँ पुरस्कृत भए ।

२०७८ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भए। अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट राजनीतिक विश्लेषक झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट पर्साका अनुप तिवारी पुरस्कृत भ एभने डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुम–पश्चिमका हिरा परियार, प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट कैलालीका शिवराज भट्ट र चन्द्र न्यौपाने‚ शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट कास्कीका शान्ति गुरुङ पुरस्कृत भएका हुन्् ।
कार्यक्रममा प्रेस चौतारी इन्चार्ज एवं पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र चौतारीका अध्यक्ष गणेश बस्नेतले समेत पुरस्कृतलाई बधाई दिएका थिए ।






