काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै छन् ।
अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ’राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।
परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. वाग्ले सहभागी छन् ।
सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गर्नेछन् ।
साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूलाई स्पष्ट पार्नेछन् ।
अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसंघका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ ।
सम्बन्धित समाचार
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि






