एमालेलाई चुनाव जित्न कसैको वैशाखी चाहिदैन : ओली (भिडियाे)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुन् । उनले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने दोहो-याए ।

अध्यक्ष ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताए । ‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन । हामी हिड्न सक्छौँ । हामी अगाडी बढ्न सक्छौँ । हामी चुनाव लड्न सक्छौँ ।’ उनले भने ‘हामी मज्जाले जित्न सक्छौँ । हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौँ ।’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बिचको दुई ध्रुवमा रहेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरे । आफुहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको जिकिर गर्दै भने ‘ताजा जनादेशमा जाने कुरालाई प्रतिगामी भन्दै केही स्वार्थी तत्वहरु कम्युनिष्ट आन्दोलन ढाल्न, कमजोर पार्न, विभाजित गर्न र सिध्याउन लागे । उनीहरु पतित भए ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पु¥याउनुपर्ने बताए । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उनले निर्देशन दिए ।

तपाइको प्रतिक्रिया
(Visited 527 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा