एनएसएल विवाद समाधान गर्न एन्फा तयार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का कारण उत्पन्न अन्योलताका विषयमा ‘ए’ डिभिजन क्लबले उठाएको माग सम्बोधनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार देखिएको छ । एनएसएलका लागि फागुन २० गतेको अक्सन रोक्न पत्र काटेको एन्फाले त्यसबाहेक औपचारिक कुनै निर्णय गरेको थिएन ।

सुरुमा ८ र पछि ४ क्लबले लगातार रूपमा एन्फाले अहिले देखिएको विवाद समाधानका लागि पहल लिन आग्रह गर्दै आएको थियो । जसलाई सम्बोधन गर्ने क्रममा एन्फाको १८औं केन्द्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । एनएसएलका कारण उत्पन्न विवादका विषयमा छलफल गर्न एन्फाले ‘ए’ डिभिजन क्लबका ४ क्लबका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

गत साता न्युरोड टिम (एनआरटी), मनाङ–मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारीले संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना खेलाडी रिलिज नगरी एनएसएल अक्सनमा राख्नु जायज नभएको भन्दै त्यसको समाधान निकाल्न छलफलका लागि एन्फालाई आग्रह गरेको थियो । त्यसअघि फागुन १५ गते यी चारसहित लिग विजेता मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरी ८ क्लबका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरी एनएसएलका कारण खेलाडीको दोहोरो सम्झौता हुने सम्भावना रहेकाले त्यसलाई आवश्यक समन्वय गर्न विज्ञप्तिमार्फत अनुरोध गरेका थिए ।

यस्तै, दुई दिनसम्म चलेको एन्फा बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन २०७९ साल जेठ १५ गते नै गर्ने पुनः निर्णय गरको छ । एन्फाले यसअघि केन्द्र, जिल्ला र प्रदेशको निर्वाचनको मिति तय गरेको थियो । तर, फिफा र एएफसीबाट निर्वाचन कार्यविधिमा केही फेरबदल गर्न सुझाव दिएपछि पूर्वनिर्धारित जिल्ला संघको निर्वाचित एन्फाले स्थगित गरेको जनाएको थियो ।

त्यस्तै, एन्फाले ४८ जिल्ला सदस्यको निर्वाचिन २०७९ साल वैशाख १ देखि १० गतेसम्मका लागि तय गरेको छ । त्यसअघि निर्वाचन कार्यविधि अनुमोदनका लागि एन्फाले चैत १५ गतेका लागि विशेष साधारण सभा गर्ने तय गरेको छ । विशेष साधारण सभा यसअघि दुईपटक स्थगित भइसकेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ