उम्मेदवार छनोटमा जुट्यो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । बुधबार र बिहीबार काठमाडौंमै केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी एवं छलफल पार्टीभित्र भइरहेको बताए । पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका मापदण्डका साथै पछिल्लो राजनीतिक अवस्था’bout निर्णय गरेको उनले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पोलिटब्युरो बैठकमा छलफल सम्पन्न गर्दै विस्तृत छलफल केन्द्रीय कमिटीको बैठकमा हुने प्रवक्ता गुरुङले बताए ।

‘हामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफलमा जुटेका छौं । उम्मेदवार छनोटका मापदण्डलगायतका विषयमा पोलिटब्युरो बैठकमा गर्यौं । अब केन्द्रीय सदस्यको समेत सुझाव लिएर पालिका केन्द्रित कार्यक्रम बनाएर आगाडि बढनेछौं’ प्रवक्ता गुरुङले भने ।

सोमबार बसेको एमालेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उनले बताए । हाल जनप्रतिनिधि भएर काम गरेका हकमा उनीहरूले कामको मूल्यांक, कार्यक्षमता, विकास, सुशासनलगायतका विषयलाई आधार बनाइने गुरुङले बताए ।

यसैगरी, लोकप्रियता, निर्वाचनमा विजयी हुने सुनिश्चिततालाई समेत पार्टीले आधार बनाउनेछ । यस्तै, कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, निष्ठा, समावेशी सन्तुलनलगायतका पक्षमा समेत पार्टीले आधार मानेर टिकट वितरण गर्ने उनले बताए ।

बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर तथा उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने प्रवक्ता गुरुङले बताए । महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने मापदण्ड एमालेले बनाएको छ ।

यसअघि एमाले सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि पोलिटब्युरोले हेरफेर गरेको हो । पोलिटब्युरो सदस्यले दिएको सुझावका आधार हेरफेर गरिएको हो ।

गत १ चैतमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा आवश्यकताका आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने’bout समेत छलफल भएको छ । तर, बैठकले सो’bout निर्णय गरेको छैन । प्रवक्ता गुरुङका अनुसार बैठकमा प्रस्ताव आए पनि निर्णय भने नगरिएको बताए । केन्द्रीय कमिटीको बैठकमा चुनावी तालमेल’bout विस्तृत छलफल गरेर निर्णय लिइने उनले बताए ।

सत्तारूढ दल चुनावी तालमेलमा गएपछि एमालेमा समेत चुनावी तालमेलको बहस सुरु भएको हो । एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनमत पार्टीसँग चुनावी तालमेलको विषयमा भित्रभित्रै छलफलमा छन् ।

यस्तै, बैठकले आगामी ९ वैशाखमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । घोषणापत्रको मस्यौदा लेखनको कार्य भइरहेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय निर्वाचन केन्द्रीय कार्यतालिका बनाएर निर्वाचनमा सबै केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

बाम एकता असम्भव : ओली
बैठकमा कम्युनिस्ट पार्टीबीच पार्टी एकताका तथा चुनावी बामएकताको प्रस्ताव आएको छ । तर, सो प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीकार गर्दै बाम एकता असम्भव रहेको बताए ।

बैठकमा नेता घनश्याम भुसालले एमाले बाम एकताको मूल प्रवाह भएकाले पार्टी एकता वा चुनावी बामएकता गर्नुपर्ने प्रस्ताव गरेका छन् । भुसालका साथै नेता रघुजी पन्तले समेत यो प्रस्तावमा सहमति जनाउँदै वामएकता गर्नुपर्ने मत राखेका छन् ।

‘नेकपा विभाजन हुनुमा कुनै वैचारिक वा सैद्धान्तिक कारण नै छैन । त्यसैले विगतको समीक्षा गर्दै कम्युनिस्ट पार्टीबीच पार्टी एकता वा चुनावी वामगठबन्ध गर्नु आवश्यक छ’ बैठकमा भुसालले भने, ‘आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न पार्टी एकता वा वामगठबन्धन आवश्यक रहेको देखिन्छ । बहुसंख्यक कम्युनिस्ट सदस्य तथा कार्यकर्ताको चाहना पनि यही हो ।’

तर, अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग कुनै पनि हालतमा एकता नहुने स्पष्ट जवाफ दिएका छन् । ओलीसहित नेता महेश बस्नेत, हिक्मत कार्कीलगायतका नेताले माओवादी र एकीकृत समाजवादीसँग पार्टी एकता गर्न आवश्यक नभएको भन्दै भुसाल र पन्तको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

‘एमालेले वामपन्थी पार्टीबीच एकता वा चुनावी गठबन्धन गर्दैनन् । पार्टी एकताका लागि ढोका खुला राख्नुपर्ने धरातल प्रचण्ड र माधव नेपालले भत्काइसकेका छन्’ ओलीले भने, ‘झ्याल ढोका फोडेर गएकासँग के को एकता हँुदैन ? त्यसरी गएकालाई हामीले एकताका लागि ढोका खुला राख्नुको कुनै अर्थ छैन ।’

बैठकमा ओलीले चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले एमालेसंग पार्टी एकता नगर्ने निर्णय नै गरिसकेको जानकारी गराए । बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यका अनुसार एमालेले अब कम्युनिस्ट पार्टीसँग पार्टी एकता वा चुनावी तालमेल नगर्ने स्पष्ट सन्देश ओलीले दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि