सुनचाँदीको मूल्यमा आज उल्लेख्य गिरावट, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको भाउ घट्ने क्रम आज बुधबार पनि जारी रह्यो ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज बुधबार प्रतितोला ६ हजार ३०० रूपैयाँ घटेको हो । सुन मंगलबार पनि प्रतितोला एक हजार ९०० रूपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ९०० रूपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज बुधबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३८० रूपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला तीन हजार ४९० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको तीन हजार ३८० रूपैयाँमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्यमा आज उल्लेख्य गिरावट, कतिमा भइराखेको छ कारोबार ?