सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ७ सिम्लेमा शनिबार बिहान बत्ती बाल्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।
शनिबार २ बजे हावाहुरी चलेपछि बत्ति बाल्न खोज्दा विद्युतको हाईभोल्टेजका कारण बत्ती सर्ट भई करेन्ट लाग्दा कमलामाई नगरपालिका वडा नं. ७ सिम्लेकी ३९ वर्षीया माइतीमाया भोलनको मृत्यु भएको हो । छिमेकी कराएको सुनी बत्ती बाल्न खोज्दा उनीहरुकै घरमा करेन्ट लागि अन्य ३ जना पनि घाइते भएका छन् ।
माइतीमायाको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए । माइतीमायालाई करेन्टबाट छुटाउन गएका स्थानीय २८ वर्षीय देवकुमारी घिसिङ, ४३ वर्षीय पदम बहादुर वाईवा र ४२ वर्षीय ज्ञान बहादुर थिङ घाइते भएका हुन् । घाइते तीनै जनाको सिन्धुली अस्पतालमा उपचार भइरहको छ ।







