परिक्षा हलमा जनप्रतिनिधीको ‘फोटो शेसन आतंक’

जनकपुरधाम । परिक्षार्थीहरु कक्षा कोठामा परिक्षा दिन व्यस्त थिए । निश्चित समयमा सकेसम्म राम्रो लेखेर धेरै नम्बर ल्याउनु पर्ने दवाव हुन्छ परिक्षार्थीमा । बिहीवार बिहान ८ कक्षाको बोर्ड परीक्षामा सहभागी विद्यार्थीहरु प्रश्नपत्र हेरेर उत्तर लेख्दै थिए एकहुल जनप्रतिनिधी कक्षा कोठामा प्रवेश गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित आधा दर्जन वडाध्यक्षहरु अनुगमनको नाममा कक्षा कोठामा छिरे । उनीहरुले अनुगमन मात्रै गरेको भए त केही फरक पर्ने थिएन परिक्षामा सहभागी भएको ठाउँमै उभिएर फोटो शेसन गर्न थालेपछि विद्यार्थीलाई निकै सकस भयो ।

परिक्षा हलमा जनप्रतिनिधिको ‘फोटो सेसन आतंक’ का कारण विद्यार्थिहरुलाई निकै समस्या भइरहेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक छात्राले भनिन् ‘मेयर साप आधा घण्टा मेरो कोठामा बसेका कारण लेख्न निकै समस्या भयो ।

मेयर साह परीक्षाको अनुगमनमा जाँदा २ जना फोटोग्राफर पनि सहभागी थिए । दुबै फोटोग्राफरले घुमी घुमी साहले अनुगमन गरिरहेको फोटो खिचे । मेयरले फोटो खिचाएको देखेपछि परीक्षाको केन्द्राध्यक्ष र निरिक्षकहरुले पनि सोही शैलिमा फोटो शेसन गरे ।

१२–१३ वर्ष उमेरका अधिकांश विद्यार्थी परीक्षा दिइरहेका छन् । होमसेन्टर नभएका कारण यसै पनि तनावमा रहेको बेला मेयरको यो फोटो आतंकका कारण विद्यार्थीहरु तनावमा थिए ‘हामीले यसको कहाँ गरौं ठाउँ भेटिरहेका छैनौं ।’ अभिभावक संजय झाले भने । मेयर साहले परिक्षार्थीको फोटो सामाजिक सञ्जालमा शेयर पनि गरेका छन् ।

नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवले जनप्रतिनिधिद्वारा गरिएको यो कृयाकलाप गलत भएको बताए । ‘फोटो शेसन परिक्षाको नियम विपरीत हो ।’ जनकपुरमा ८ कक्षाको बोर्ड परीक्षा मंगलवारदेखि शुरु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ