नेप्सेमा छायो हरियाली

काठमाडौं । हिजो आइतबार एकैदिन ९६ अंकले बढ्दा नेप्सेमा हरियाली छाएको छ । सेयर बजार एकाएक एकैदिन ४ दशमलव ११ प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २४ सय २० दशमलव ९७ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा बुधबार ६६ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार गत बिहीबारको कारोबार रकमभन्दा करिब ९० करोड रुपैयाँभन्दा बढी हो ।

बिहीबार नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्सका सेयर धनीले मनग्य नाफा कमाएका छन् । लाइफ इन्स्योरेन्स परिसूचकमा ४ सय २३ अंकले बढेर १३ हजार ३५ बिन्दुमा पुगेको छ भने र नन् लाइफ इन्स्योरेन्स परिसूचक ४ सय ३४ अंकले बढेर १० हजार ९ सय ६१ अंकमा पुगेर बन्द भएको छ ।

बजारमा १ सय ९३ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने एउटा मात्र कम्पनी नेस्टो लघुवित्तको सेयर धनीले गुमाएका छन् । नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा ३६ कम्पनीले ९ प्रतिशतभन्दा बढी नाफामा कारोबार भएको छ । आइतवार ४३ हजार ४ सय ५० पटक कारोबार भएको थियो । आइतबार दुई दर्जन बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । करिब ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा नेपाल इन्भेस्टमेन्ट बैंक डिवेन्चर २०८४ को ९ दशमलव ८९ प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सानिमा बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको प्रमोटर सेयर (संस्थापक सेयर) २२ करोड रुपैयाँमा कारोबार भयो । यस्तै शिवम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थान रहे । आइतवार जलविद्युत्को सर्वाधिक ७ दशमलव ६२ प्रतिशतले सेयर मूल्य बढ्यो । विकास बैंकको ६ दशमलव ५७ प्रतिशतले मूल्य बढ्दा लगानी समूहको ५ दशमलव ६९, अन्यको ४ दशमलव ९७, निर्जीवन बिमाको ४ दशमलव १३ प्रतिशतले बढ्यो ।

यस्तै, जीवन बिमाको ३ दशमलव ३६ र लघुवित्तको ३ दशमलव ८ प्रतिशतले मूल्य बढ्यो धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अंकले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले उकालो लागेर २ हजार ४२० दशमलव ९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७ दशमलव ७४ अंकले उकालो लागेर ४६० दशमलव ८८ मा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२ दशमलव १२, व्यापार २२ दशमलव ७९, होटल तथा पर्यटन ८४ दशमलव ९३, विकास बैंक २६२ दशमलव ३७, जलविद्युत् १८९ दशमलव १७, वित्त १४३ दशमलव ६७, निर्जीवन बिमा ४३४ दशमलव ३७, उत्पादन १५६ दशमलव ४६, अन्य ८८ दशमलव ७६, लघुवित्त १७९ दशमलव ४२, जीवन बिमा ४२३ दशमलव ३७, सामूहिक लगानी कोष शून्य दशमलव ३१ र लगानी ४ दशमलव ३३ अंकले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५ सय ६६ बराबर पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 391 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती