‘भन को थियो ?’

काठमाडौं । मोडल जीबी चिरन र अस्मिता जुरेली अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘भन को थियो? सार्वजनिक भएको छ। यस गीतमा गायक केशव भावुकको स्वर सुन्न सकिन्छ। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीले लेखेकी हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतलाई हरि लम्सालले संगीतवद्द गरेका हुन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार दवाडीको ‘म मजदुर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ