काठमाडौं । काठमाडौंमा आइतबार सम्पनन दोस्रो स्पानी बाबलर इन्टरनेसनल फिल्म फेस्टिभलमा फिलिपिन्सको ‘हिरो’ फिल्मबाट रोदेन पिंगोल रामोसले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने ‘हिरो’ नै उत्कृष्ट फिल्म घोषित भएको छ । यस्तै, इरानको फिल्म ‘क्राउ’बाट आलाइकबार खोदासेनसले उत्कृष्ट डीओपीको अवार्ड हासिल गरे भने भारतको फिल्म ‘थाल्लापिजा’बाट साइनी दीपक माथ्वेले उत्कृष्ट स्क्रिप्टको अवार्ड प्राप्त गरे ।
हिरो र टुल्की उत्कृष्ट फिल्म
महोत्सव विदेशी तथा स्वदेशी लामाछोटा चलचित्र प्रदर्शन गरिएको थियो । जसमा स्वदेशीतर्फ नेसलन फिचर फिल्मतर्फको प्रतिस्पर्धामा उत्कृष्ट फिल्मको अवार्ड चलचित्र ‘टुल्की’ले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘प्रेमगीत–२’ (भोजपुरी)बाट सानु खत्री, उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ध्रानबाट सागर छिरिङले, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘लोभीपापी’बाट कृति बानियाँले, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र ‘ध्रान’बाट अजय स्याङ्तानले र उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र ‘लोभीपापी’बाट बन्दे प्रसादले हासिल गरेका छन् ।
स्पेनी ब्याबरल मुभी प्रालिले आयोजना गरेको सो महोत्सवमा नेसलनतर्फको प्रतिस्पर्धामा उत्कृष्ट नेसनल सर्ट फिल्मको अवार्ड आँसुका अर्यालको फिल्म ‘कन्फ्युजन’ले हासिल गरेको छ भने उत्कृष्ट नेसलन निर्देशकको अवार्ड फिल्म ‘आइसक्रिम’बाट संगीता श्रेष्ठले हासिल गरेकी छन् ।
यस्तै, सर्ट फिल्मतर्फ नै उत्कृष्ट मोटिभेसनल सर्ट फिल्मको अवार्ड फिस्ट ‘सेक्रिफाइ’ले हासिल गरेको छ । यस्तै, मोटिभेसनल स्क्रिप्टको अवार्ड पनि फिल्म ‘सेक्रिफाइ’बाट मुरलीधर आचार्यले, छायाकारको अवार्ड फिल्म दाम्लोबाट दीपकचन्द्र ठकुरीले, उत्कृष्ट कथा पटकथाको अवार्ड फिल्म मातृबाट प्रसन्न मल्लले, इन्स्पायर डीओपीको अवार्ड फिल्म ‘सेक्रिफाइ’बाट छायाकार केदार राईले हासिल गरे । सो महोत्सवमा उत्कृष्ट फिल्म सम्पादकको अवार्ड फिल्म अन्तकबाट अशोक पाठकले हासिल गरे ।
अवार्ड विजेताहरूलाई अवार्ड प्रदान गर्दै पूर्वअर्थमन्त्री भीमसेनदास प्रधानले समाजलाई रूपान्तरण गर्न चलचित्रको ठूलो महत्व हुने बताए । विश्वमा २०१९ को अन्त्यमा आएको कोभिड माथि केही वर्ष अघि नै फिल्म बनेको रोचक उदाहरण दिँदै प्रधानले चलचित्रकर्मीहरूले भविष्यमा हुने घटना पनि फिल्ममा पहिला नै प्रस्तुत गर्न सक्ने बताए । यस्ता महोत्सवले चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने उनको कथन थियो ।
महोत्सवमा सहभागी फिल्मबाट उत्कृष्ट विधाको विजेताहरू चयन गरिएको महोत्सवका निर्णायक प्रमुख माधवराज खरेलले कार्यक्रममा बताए । संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, सञ्चारकर्मी डब्बु क्षत्री, ध्वनि सम्पादक मनोज परियारसहित ११ जनाको निर्णायक समूहले फिल्मको विभिन्न विधाको विजेता चयन गरेको हो ।
स्पानी बाबलर इन्टरनेसनल फिल्म फेस्टिबलका फेस्टिबल निर्देशक डा. हुसेन्ड अजादले नेपाली र विदेशी फिल्मको चलचित्र संस्कृति आदन प्रदानका लागि आफूहरूले विगत दुई वर्षदेखि यो फिल्म महोत्सव आयोजना गर्दै आएको कार्यक्रममा बताए । नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रमा योगदान पु-याएका राजन थापासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।






