यसअघिका काम नै मैले जित्ने आधार हुन्

महालक्ष्मी नगरपालिका–५ का वडा अध्यक्ष राजकुमार सिल्वाल, तत्कालीन टीकाथली गाविसका पूर्वअध्यक्ष पनि हुन् । एमालेबाट २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्षमा विजयी भएका ५९ वर्षीय सिल्वाल फेरि पनि सोही वडाको अध्यक्षमा उम्मेद्वार बनेका छन् ।

तपार्इंको उम्मेदवारी केका लागि ?
मेरो उम्मेदवारी विकास र समृद्धिका लागि हो । यसअघि पनि मैले टिकट पाएर जितेको हो । यहाँ टीकाथली गाविसको अध्यक्ष भएर दुई कार्यकाल चलाएको हो । यो महालक्ष्मी नगरपालिका भइसकेको छ । करिब दुई वर्ष जति कोभिडका कारण विकास निर्माणलगायत अन्य काम गर्न कठिन भएको छ । अघिल्ला कार्यकालका प्रतिबद्धता र बाँकी काम पूरा गर्न पनि मेरो उम्मेदवारी परेको हो ।

मुख्य एजेन्डा केके छन् त ?
हामीले ढल र सडक पूर्वाधारका काम गरेका छौं । काम पूरा भइसकेका छैनन् । बाँकी रहेका पूर्वाधारका काम पूरा गर्नुपर्नेछ । खानेपानीको पनि सर्वसुलभ पहुँच पु-याउन तीनवटा ठूला ट्यांकीबाट पानी वितरण गरिरहेका छौं । गोदावरी खोला कोरिडोर सफा छ , यो महालक्ष्मी नगरपालिकाको धरोहर हो ।

जित्ने आधार केके छन् ?
मैले यसअघि गरेका काम जित्ने नै आधार हुन् । मैले महालक्ष्मी नगरपालिका–५ लाई चाहिँ नमुना वडा बनाउने सोच छ । वडा नम्बर ५ मा भएका सबै सडकको स्तर उन्नति गर्दै कालोपत्रे या ढलान गरेपछि कसैले धुलो र हिलोमा टेक्नुपर्नेछैन ।

तपाइको प्रतिक्रिया
(Visited 603 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ