रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा

नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड न. १३ का नेपाली कांग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भगवती यादवले चुनाव जितेपछि तलब भत्ता नलिने घोषणा गरेका छन् ।

‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ नेपाली कांग्रेसका तर्फबाट वाडा अध्यक्ष पदका उम्मेद्वार भगवती यादवले राजधानी सम्बादाता गर्दै कुरा गर्दै भने ।

‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा, वडा अध्यक्षको तलब नलिने, सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मूलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु,’ उनले भने ।

नेपाली कांग्रेसका तर्फबाट रामग्राम नगरपालिका वार्ड न. १३ वडा अध्यक्ष पदका उम्मेदवार भगवती यादवले वडामा रहेको बिद्यालयलाई माध्यमिक बिद्यालयमा रुपान्तरण गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा ,बाढी नियन्त्रणको लागि दीर्घकालिन आयोजना बनाउने बताए । शिक्षा, स्वास्थ्य ,कृषि आफ्नो प्राथमिकतामा रहेको बताए ।

महिला र युवाद्वारा संचालित साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने , १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, कृषि तथा सिचाईको व्यवस्था, वेरोजगार तथा सीप विहिन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)