काठमाडौं । नेपाली बृत्तचित्र ‘जोगी’ले एक साता भित्र दुई वटा अन्तराष्ट्रिय अवार्ड हाँसिल गरेको छ । यो बृत्तचित्रले भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड र भुटानको ड्रुक इन्टरनेश्नल फिल्म अवार्ड बाट दुइ बेग्ला बेग्लै अवार्ड जितेको हो ।
दक्षिण भारतको पुडुचेरी मा आयोजना भएको मोख्खो इन्टरनेश्नल फिल्म फेष्टिभलमा जोगी द गड अफ नाइट उत्कृष्ट डकुमेन्ट्रि सर्ट फिल्म बनेको हो । विश्वभर बाट आएका फिल्महरुलाइ पछि पार्दै नेपाल बाट गएको यो डकुमेन्ट्रि उत्कृष्ट बनेको हो ।
यस्तै भुटानमा आयोजना हुदै गरेको ड्रुक इन्टरनेश्नल फिल्म फेष्टीभलमा पनि जागी द गड अफ नाइटले आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड जितेको हो ।
पूर्वी नेपाल लगायत देशका बिभिन्न स्थानहरुमा अझै जारी फेरी लगाउने प्रथामा यो बृत्तचित्र केन्द्रित छ । जोगी जातका पुरुषहरुले श्रावण कार्तिक चैत्रमा बिभिन्न गाउँहरुमा गइ रातको समयमा घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने चलनलाई उतारिएको यो बृत्तचित्रलाई दयाराम घिमिरेले निर्माण निर्देशन गरेका हुन् । नेपाली बृत्तचित्र जोगी (द गड अफ नाइट) ले यस अघि पनि विभिन्न अन्तराष्ट्रिय फिल्म फेष्टीभलहरुमा अवार्ड जितेको थियो ।
यस अघि पनि नेपालमा आयोजना भएको काठमाण्डौ सर्ट फिल्म फेष्टा तथा सोसल मिडियो फिल्म अवार्डमा जोगी उत्कृष्ट बृत्तचित्र बनेको थियो । यस्तै केहि समय अघि काठमाण्डौमै सम्पन्न नेपाल इन्टरनेश्नल फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परको थियो ।
अन्तराष्ट्रि फिल्म फेष्टीभलहरु युके को लिफ्ट अफ फिल्म मेकर सिजन , युके कै फष्ट टाइम फिल्म मेकर सिजन , पेसिस को गोल्डेन ट्रि इन्टरनेशनल डकुमेन्ट्रि फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परेको थियो । यस्तै बंगलादेशको सिनेमेकिङ फिल्म फेष्टीभलमा पनि छनौटमा परि डकुमेन्ट्रि लाइ सम्मानित ट्याग (अनेरेवल मेन्सन) समेत पाएको थियो ।
अन्तराष्ट्रिय बजारमा नेपाली सस्कृति बोकेको बृत्तचित्रले यसरी अवार्ड जित्नु नेपाल र नेपालीहरुको लागी गर्वको कुरा भएको निर्देशक घिमिरे बताए । जोगी समुदायले फेरी लगाउदा जसरी लगाउछन् यस बृत्तचित्रमा हुवहु देखाइएको निर्देश्क घिमिरेको भनाइ रहेको छ । संखुवासभा र धरानमा छायांकन गरिएको यस बृत्तचित्रमा फेरी लगाउदै हिड्ने ओमनाथ जोगिलाइ उतारिएको छ ।






