दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । अहिले केहीबेर अघि जारी गरिएको मत परिणामअनुसार मेयरमा गीता अधिकारीको अग्रतासहित वडा अध्यक्ष हरी नेउपानेको प्यानल नै विजयी भएको हो ।
मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उहाँका प्रतिवन्दी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएर उपविजेता भएका हुन् । यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमश १३ सय १६ र १३ सय ९ मत ल्याएका छन् । यसैगरी खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेले गठबन्धनलाई परास्त गरेको छ ।
यो वडामा मेयरमा गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राखेका छन् । उपेमयरमा अम्बिका खनालले ११ सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम राखेका छन् ।






