काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य–सचिव मनोनयन गरेका छन् ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सो समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गरेका हुन् ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिए ।
समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न सो समिति गठन गरिएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)
सम्बन्धित समाचार
देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी
आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने, यी ११ सांसदले सोध्नेछन् प्रश्न
भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’
राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरेका छौं: प्रधानमन्त्री शाह
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
बागमतीका उद्योगमन्त्रीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने






