कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि


टीकापुर(कैलाली) । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म १२ पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि छन् । जिल्लाका चार पालिकामा भने रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अगाडि देखिएका छन् ।

कैलालीको थारुबाहुल क्षेत्र टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदवार अगाडि छन् । यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा छ ।

गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले र घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न