रिमालले ल्याए ‘नदी बग्दैछ’

काठमाडौं । १०५औं गोपालप्रसाद रिमाल स्मृति दिवसको अवसर पारेर सञ्चारकर्मी एवं कवि श्याम रिमालले आफ्नो कविताहरुको सँग्रह ‘नदी बग्दैन’ पाठकमाझ ल्याएका छन् ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अग्रज कलाकार शंकरनाथ रिमाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं कवि श्यामल, साहित्यकार तथा अनुवादक युयुत्सु आरडी शर्मा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाललगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरेका छन् ।

कार्यक्रममा कवि श्याम रिमालले २०६१ सालदेखि २०७५ सालसम्मका कविता बटुलबाटुल पारी ‘नदी बग्दैन’ लिएर आएको सुनाए । उनले संग्रहमा समाज, संस्कृति, धर्म, दर्शन, प्रकृति, राजनीति तथा ब्रमाण्डका विषय समेटिएका कविता रहेको बताए ।

कार्यक्रममा कवि श्यामलले भने, ‘श्यामजीका कविताले दिनानुदिन साक्षात्कार गर्नुपरेका प्रकृतिविरोधी घटनाहरुको परिणाम भोगिरहेको मानिस जातिको आफ्नो ग्रह पृथ्वीको चिन्ता गर्छन्, विकसित औद्योगिक मुलुकका चरम महत्वाकांक्षी बजार संस्कृति, व्यक्ति केन्द्रित सामाजिक–राजनीतिक मूल्य प्रणाली र पर्यावरण विरोधी चिन्तनप्रणालीका विपक्षमा पाठकलाई तयार गर्ने चेष्टा गर्छन् ।’

अग्रज चित्रकार शंकरनाथ रिमालले कवि श्यामका कविताले समय र समाजको आवाजलाई कलात्मक रुपमा उठाउन सकेको छ भने । उनले कविले सामाजिक जागरण, संस्कृति, पर्यावरण तथा दार्शनिक विषयमा केन्द्रित रहेका कविता लेखेको पनि उनले बताए ।

प्रकाशक नन्दऋषि न्यौपानेले रिमालका कवितामा जीवन र जगत्, देश र काल, आफ्नो जिल्ला, हुर्के पढेको ठाउँ केही स्थानहरु समेत आएको बताए ।

सो कार्यक्रममा साहित्यिक पत्रकार प्रवीण जोशीले कवि गोपालप्रसाद रिमालले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे । गोपालप्रसादको पथ समातेर अघि बढेका श्याम रिमालको कविताहरु फरक र प्रभावशाली भएको जोशीले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न