काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।
एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक भएपछि डोजरे विकास प्रवृत्तिको विषयमा बहस र चर्चा भयो । तराईमा एक युवाको वातावरण विनाशविरुद्धको अभियानमा क्रसर सञ्चालकको ट्रिफर जोताएर मारेको घटना धेरैको दिमागमा अहिले पनि ताजकी नै छ ।
यी र यस्ता घटनाहरु कुनै ठाउँ विशेषमा मात्र सिमित छैनन् । पूर्वदेखि पश्चिम र हिमाल, पहाड, तराईका सबै जसो स्थानीय तहमा साझा चासो र समस्या बनेर आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले कुनै योजना र प्राविधिक विश्लेषण बिना नै गाउँ गाउँमा सडक खन्ने होडबाजी गरें । त्यस्तो होडबाजीले दीर्घकालिन विकासको सट्टा विनास बढी निम्त्याएको पाइन्छ ।
विकासको नाउँमा गाउँगाँउमा डोजरले जथाभावी सडक खनिएपनि त्यहीँ सडक विनासको रुपमा समेत देखा परेको हो । यसरी खनिएका ग्रामिण सडकमा धेरै जसो ठाउँमा पहिरोको जोखिम देखिएको छ । वर्षातमा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याउने गरेको छ भने हिँउदमा पनि सुख्खा पहिरो खस्ने भएपछि बस्तीहरु विस्थापित हुने क्रम बढ्न थालेको छ
विकासको नाउँमा गाउँगाँउमा डोजरले जथाभावी सडक खनिएपनि त्यहीँ सडक विनासको रुपमा समेत देखा परेको हो । यसरी खनिएका ग्रामिण सडकमा धेरै जसो ठाउँमा पहिरोको जोखिम देखिएको छ । वर्षातमा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याउने गरेको छ भने हिँउदमा पनि सुख्खा पहिरो खस्ने भएपछि बस्तीहरु विस्थापित हुने क्रम बढ्न थालेको छ ।
केही महिना अघिसम्मको तथ्यांक हेर्ने हो भने बझाङमा मात्र बाढी पहिरोले १२ जनाको मृत्यु भयो १९ जना बेपत्ता भए । यस घटनाको मुख्य कारण थियो– होडबाजीमा खनिएको ग्रामिण सडक । विकास पूर्वाधार विज्ञ सुर्यराज आचार्य अहिले बस्ती विकास होस् वा शहरी विकासमा योजनावद्ध काम नै नभएको बताउँछन् । ‘हिजो पञ्चायतकालिन अवस्थामा जे जस्तो तरिकाले काम गरिन्थ्यो, अहिले पनि त्यो भन्दा तरिका फरक नै देखिएन ।’ उनले राजधानीसँग भने ।
विकास पूर्वाधार विज्ञ आचार्यले केन्द्र वा स्थानीय तहले योजनावद्ध रुपमा विकास र पूर्वाधारको काम गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताए । शहरी क्षेत्रमा पिचमाथि पिच गर्ने र ग्रामिण क्षेत्रमा कुनै योजना नै बिना जथाभावी सडक खन्ने प्रवृति बढेको उनी बताउँछन् ।
‘अव्यवस्थित विकास खर्च बढेको छ, पञ्चायतकै शैली भन्दा फरक ढंगले काम देखिदैन, पिचमाथि पिच खन्ने, गाउँमा डोजर चलाउने र बजेट बाँकी रहेकोमा भ्यू टावर बनाउने देखियो ।’ उनी भन्छन् ।
सडक खन्दा इन्जिनियङ मापदण्ड नअपनाउने तथा दीर्घकालीन रूपमा वातावरणमा पर्नसक्ने जोखिमका ’boutमा पनि अध्ययन नहुँदा विकासका लागि खनिएका सडकका विनासका रुपमा देखिएका छन् । भूगर्भ इन्जिनियर कमल थापाले भूगोलको अध्ययन नगरी सडकखन्दा समस्या देखिने गरेको बताउँछन् ।
ग्रामिण सडक र डोजरे विकासका विषयमा चासो राख्दै आएका रत्न प्रजापती कुनै व्यवस्थित र दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी डोजर लगाएर खनिएका सडकहरूले गाउँलाई सहरसम्मको सडक सञ्जालमा जोडेपनि वातावरणीय समस्या निम्त्याएको बताउाछन् । ‘गाउँगाउँ पुग्ने डोजरले विकास मात्रै गरेको छैन, विनाश पनि गरेको छ । विकासको चाहनामा विनाश पनि सँगसँगै आउँदा विकाससँग रमाएका जनता विनाशसँग त्रसित भएर बाँच्न विवश छन् । उनी भन्छन् ।
नेपाल सरकारका उपसचिव महेश पराजुली बिना वातावरणीय अध्ययन, बिना प्राविधिक तयारी हतार–हतार ‘डोजर’ प्रयोग गरी रातारात खनिएका अधिकांश बाटा कमजोर हुने र सानो बर्खे झरी पनि थाम्न नसक्ने किसिमको रहेको बतातँछन् । यस्ता सडकको जिम्मेवारी कसैले पनि लिनपर्ने खालको रहेको र स्थानीय तहले धमाधम सडक खन्ने गरेको उनी बताउँछन् ।
अहिले डोजरे प्रवृत्तिको विकासमा समस्या डोजर मात्र भने नरहेको बताइन्छ । कतिपयले प्रविधिको प्रयोगलाई नै खराब मान्न नहुने राय समेत दिने गरेका छन् । ‘समस्या डोजरमा होइन, ग्रामीण क्षेत्रको पूर्वाधार विकास कसरी गर्ने भन्ने पनि रहेको छ ।’ पराजुली भन्छन् ।
पूर्वाधार विज्ञ आचार्य पनि गाउँ गाउँमा सडक पुर्याउनु नराम्रो नभएपनि योजनावद्ध र दिर्घकालिन विकासको अवधारणामा अघि बढ्न नसक्नु खराब पक्ष रहेको बताउँछन् । ‘वस्ती विकास र शहरी विकासमा केन्द्र वा स्थानीय सरकारले योजनावद्ध विकास योजना ल्याएर डोजर चलाउनु हो भने राम्रै हो, अहिले जस्तै भद्रगोल बनाउने हो भने यसले एकदिन न एक दिन दुर्घना निम्त्याउने निश्चित छ ।’ उनी भन्छन् ।






