काठमाडौं । अभिनेत्री निशा अधिकारी करिब आधा दशकपछि चलचित्रमा फर्किएकी छिन् । उनी नयाँ चलचित्र ‘म’बाट फर्किएकी हुन् । विवाहपछि सन्तानको आमा बनेकी निशा अहिले सन्तान हुर्कँदै गएकाले चलचित्रमा आएको बताउछिन् ।
उनले अभिनय गरेको नयाँ चलचित्र म यही २० साउनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र म को बिहिबार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ ।
यो चलचित्रमा निशा अधिकारीसँगै सरोज खनाल, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, नरेन खडका, गीता बिष्ट, विमल पुरी, सुरज बिष्ट, अजित रेग्मी, सम्राट क्षत्रीलगायतका विभिन्न कलाकारहरुको अभिनय रहेको छ । चलचित्र मलाई कान्तिपुर फिल्म कलेजले निर्माण गरेको हो ।
हरेम मानिसको परिचय उ आफैं हो । मानिस भित्रको मलाई यो चलचित्रले प्रस्ट्याउने कथन यसका निर्माता प्रकाश पुरीको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रको कथाबस्तु अत्मपरक रहेको र रमाईलो शैलीको भएका कारण यो चलचित्रलाई आफुलाई निर्देशन गरेको निर्देशक थापाले बताए ।






