एसइइ नजिता : रेसुङ्गा माविका बस्नेतले ल्याए चार जिपिए

गुल्मी । बुधबार प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नजितामा गुल्मीको सामुदायिक तर्फको रेसुङ्गा माध्यमिक विद्यालयका आशिष बस्नेतले चार जिपिए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार २०७८ को एसइइ परीक्षार्थीमध्ये गुल्मीबाट बस्नेतले मात्रै चार जिपिए ल्याएका छन् ।

वि.सं. २०६१ सालमा इस्मा गाउँपालिका –६ अम्मरपुरमा जन्मिएका बस्नेत कक्षा ४ बाट रेसुङ्गा माविमा पढ्न थालेका हुन् । बस्नेतलाई अध्ययन कार्यमा विद्यालयले पनि छात्रवृत्ति प्रदान गरेको प्रध्यानाध्यापक प्रेम नारायण भण्डारीले जानकारी दिए । बस्नेत अध्ययन कार्यमा निकै मिहीनेती एवम् अनुशासित विद्यार्थी रहेको प्रध्यानाध्यापक भण्डारीले बताए ।

२०७५ सालको एसइइ नजितामा पनि रेसुङ्गा माविकै सागर पुरीले चार जिपीए ल्याएका थिए । कोभिडका कारण विद्यालयको आन्तरिक मूल्यांकनमा बाहेक राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बस्नेत र पुरी बाहेक अन्य विद्यार्थीहरुको चार जिपिए आएको छैन । रेसुङ्गा माध्यमिक विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्था मानिन्छ । हालै मात्र पाल्पाको सामाजिक विकास डिविजन कार्यालयले गरेको मूल्याकंनमा पनि रेसुङ्गा मावि जिल्लामै प्रथम भई दुई लाख ५० हजार पुरस्कार पाएको थियो । त्यस्तै ०७५ को एसइई नजितामा पनि विद्यालयले लुम्बिनी प्रदेशमै दोस्रो स्थान हाँसिल गरेको थियो । प्रध्यानाध्यापक भण्डारीले विद्यार्र्थी, अभिभावक, जनप्रतिनिधि, समुदाय, राजनीतिक दल लगायत सबै पक्षको सहयोगका कारण विद्यालयले यो सफलता हाँसिल गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

शिशुवा–खुदीखोला सडक स्तरोन्नति