म्याग्दी । महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको होा ।
यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मंगला गाउँपालिका–३ पखेरदेखि आलडाँडासम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ ।
यो सडक स्तरोन्नति गर्न पाँच करोड ८६ लाख खर्च भएको उक्त कार्यालयका प्रमुख महेन्द्र बानियाँले बताए। सात मिटर चौडा यो सडकमा वर्षायामको पानी निकासका लागि नाली र भूक्षयबाट सडक जोगाउन टेवा पर्खाल निर्माण गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा
गुल्मीमा साढे तीन वर्षमा तीन सयबढी बेपत्ता
अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो
बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान






