अदालतकै स्रेस्तेदार ३० हजार रुपैयाँ घूससहित पक्राउ

पोखरा, ५ चैत। जिल्ला अदालत कास्कीका स्रेस्तेदार उपसचिव लोकनाथ पराजुली अख्तियार फन्दामा परेका छन् । उनलाई ३० हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसँग घूस वापत ३० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार टोलीले उनलाई रंगहात पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले घटनाको पुष्टि गर्दै यस’bout थप विवरण संकलन हुने कार्य भइरहेको जानकारी दिए ।

पर्वत जिल्लाको साविक कटुवाचौपारी (हाल कुष्मा) नगरपालिकाका पराजुली विवादित छविका मानिन्थे ।  उनले संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने प्रलोभन देखाउँदै सुरुवातमा ५० हजार घूस मागेकोमा बार्गेनिङ हुँदा ३० हजार लिने सहमति जनाएका थिए ।

कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालतको इजलास अधिकृतमा सरुवा भइसकेका उनी रमाना लिन बाँकी थियो । यसअघि उनी बागलुङ जिल्ला अदालतमा स्रेस्तेदार थिए । सो बेलामा पनि उनकै कारण मुद्दाका पक्षले अदालत परिसरमा ढुंगामुढा गरेका थिए ।  उनी पोखरा आएको डेढ वर्षमात्र भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम