नेपाली समाज सद्भावना र सहानुभूतिको नमुना बस्ती थियो । अहिले छ भन्दा पत्याउन मुस्किल भयो । हाम्रो परम्परा, संस्कृति, रहनसहनलाई आध्यात्मिक चिन्तनले निर्देशन गरेको थियो । अहिले छ त ? प्रश्न उठेका छन् । जानकारहरू भन्छन्–भौतिक चिन्तनले समाज निर्देशित भयो । समाजमा गरिबी थियो तर इमानदारी, आपसी हित एवं सद्भावले समाज चलेको थियो । अहिले समाजमा उल्लेखित गुणहरू छन् त ? ओठ लेप्राउनेहरू धेरै छन् । यसको अर्थ समाजमा इमान, सद्भाव एवं विश्वास हराउँदै गएको भन्ने अर्थ लाग्छ । उल्लेखित ऐतिहासिक चित्रण केवल समाजको हो, राजनीतिको होइन । राजनीतिमा बेइमानी, षडयन्त्र, बदलाको भावना एवं तँछाडमछाड पहिले नै थियो । अहिले पनि छ ।
राजनीतिमा बदलाको भावना बाइसे चौबिसे राज्यमा पनि थियो । पृथ्वीनारायण शाह, भीमसेन थापाको समय होस् कि, राणाहरूको समयमा बदलाको भावना चरम उत्कर्षमा थियो । जो इतिहासका पानामा लेखियो, जनताको मनमस्तिष्कमा पुग्न पाएन । त्यसैले, राजनीतिमा बदलाको भावना भए तापनि समाजमा इमानदारिता थियो । समय बदलियो । राजनीति फेरियो । देशमा प्रजातन्त्र आयो । लोकतन्त्र आयो । गणतन्त्र, जनतन्त्र सबै भनियो । परन्तु, अहिलेका शासकहरू धर्म, कर्म, लोकलज्जा, रंग, ढंग केही पनि नभएका प्रमाणित भए । अहिले धर्म र कर्म नभएका नेतृत्वका कारण यसको प्रभाव समाजमा पनि परेको देखिन्छ । समाजमा हरेक दिन हत्या, हिंसाका घटनाहरू बढिरहेका छन् । हरेक क्षेत्रमा बदलाको भावना मौलाइरहेको छ ।
सामाजिक इमानदारिता, जातीय एकता, राष्ट्रिय भावना र सामाजिक सद्भावलाई खल्बलाएर राजनीति गर्ने दलहरूका कारण सदियौंदेखि झाँगिँदै आएको सामाजिक आधार मेलमिलाप, धर्म, संस्कृति, संस्कार, भाषालाई ध्वस्त बनाइँदै छ । विशेष गरेर उग्र भौतिकवादी चिन्तन बोकेका माओका चेलाहरूले चलाएको जनयुद्धको प्रत्यक्ष प्रभाव नेपाली समाजमा परेको देखिन्छ । एक दशक चलेको यो युद्धकालमा नैतिक शिक्षाका किताबहरू जलाउने, जातीय मुद्दा चर्काउने, बाहुनको टुप्पी काट्ने, संस्कृतिमाथि हमला गर्ने, किरिया पुत्रीहरूलाई खप्पर फुटाउने, गाई काटेर भुँडी भर्ने, लुटेर धनी हुनेजस्ता कर्महरू भए । मिहिनेत गरी जायजेथाको जोहो गरेको वर्गलार्ई सामन्ती भनियो । उनीहरूका घरहरूमा ताला लगाइयो । खेतबारीमा पार्टीको झन्डा गाडियो । समाजलाई लडाउने भिडाउने काम गरियो । यसरी राजनीतिमा ऐँजेरुको रूपमा झाँगिएको बदलाको भावना समाजमा पनि कोरोना पैmलिएभैmँ पैmलियो । आज बदलाको अभ्यासले समाज निरस बन्दै गइरहेको छ ।
गान्धी चिन्तन हराएको छ । बुद्ध सन्देश ओझेलमा परेको छ । यस प्रकारको चिन्तन र व्यवहारले समाज बेचैन बनिरहेको छ
नेपाली शब्दकोषअनुसार बदलाको अर्थ एकातर्फबाट गरिएको कामकाजको सट्टामा अर्कातर्फबाट गरिने त्यस्तै खालको काम कारबाही हो । अथवा जस्तालाई त्यस्तै ढिँडालाई निस्तै भन्ने लोक उक्तिको आसय पनि मिल्दोजुल्दो हुन आउँछ । बदलाकै भावनाका कारण समाजमा अनेक प्रकारका घटना परिघटना घट्ने गरेका छन् । सामाजिक बेमेल बढ्दो छ । हत्या, हिंसा बढेका छन् । सम्बन्धहरू चिसिएका छन् । विच्छेद भएका छन् । एकले अर्कोलाई धोका दिने कार्य सामान्य बन्दै गएको छ । विश्वासका आधारहरू मेटिँदै छन्, भत्कँदै छन् । हरेक मानिसले बदलामा उपकारको साटो अपकार नै रोजेको पाइन्छ । गान्धी चिन्तन हराएको छ । बुद्ध सन्देश ओझेलमा परेको छ । यस प्रकारको चिन्तन र व्यवहारले समाज बेचैन बनिरहेको छ, एकांगी बन्दै छ । यसर्थ, हरेक व्यक्तिले बदलाको भावना होइन, आपूm बदलिने चिन्तनको विकास गरौं । बदलाको भावनाले दुःख निम्त्याउँछ । न्याउरी मारी पछुतोको अवस्थामा पु¥याउँछ ।
नेपालमा राजनीति क्षेत्रमा बदलाको भावना र व्यवहार पराकाष्टामा पुगेको छ । नेता विशेषका बोली, भाषा, व्यवहार बदलाको भावनाले रंगिएका छन् । एकले अर्कोलाई तेजोबध गर्ने काममा अभ्यस्त छन् । राजनीतिमा यो अभ्यास नयाँ भने होइन । ऐतिहासिक रोग हो । जंगबहादुरले घटाएका कोत, भण्डार खाल र अलौ पर्वहरूसँग गाँसिएका कारणहरू बदलाकै भावनाले घटाइएका कर्म थिए । बदलाको भावना पञ्चायती समयमा पनि थियो । प्रजातन्त्र आएपछि दलहरू फुट्ने र टुट्ने काम पनि बदलाको भावनाको परिणाम हो । यो रोग गणतन्त्र आएपछि त झन् मौलाउँदै गएको पाइन्छ ।
लामो समयसम्म अन्याय, अत्याचार, गरिबी, अभाव र पिछडा जीवन बाँच्न बाध्य भएको समाजले प्रजातन्त्र आएपछि देश विकासको आशा गरेको थियो । परन्तु, जनताले महँगी, बेरोजगार र बेथिति पाए । गणतन्त्र नागरिकहरूका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेभंैm भयो । राजनीतिक दलहरूले देश विकासको बाटोमा काम गर्नुपर्ने बखतमा आन्तरिक कलह र एकले अर्कोको व्यक्तिगत वा दलगत बदला लिने अभ्यासमा समय बिताएका छन् । र, राजनीतिक चरित्रको अभ्यास समाजमा पनि देखिएको छ ।
राज्य निर्माण गर्न भिजिनरी नेतृत्व, व्यावहारिक कार्ययोजना, विधिको शासन, भ्रष्टाचार मुक्त राजनीति र प्रशासनतन्त्र एवं सामाजिक अनुशासनको आवश्यकता पर्छ । मुलुकले उदार चिन्तन, ऋषिजस्तो त्यागी, प्रजातान्त्रिक आचरण भएको भिजिनरी राजनेता पाउन सकेको छैन । नेतृत्वमा देशभक्तिको भावना नहुनु, देशलाई बदल्न सक्ने क्षमता र देशलाई ठिक दिशामा हाँक्न नसक्नु, देशको दुर्भाग्य हो । मुलुक आपैंm बन्दैन । विकासका लागि प्रस्ट खाका चाहिन्छ । नेतृत्वमा सबैलाई मिलाउन सक्ने ऋषि मन चाहिन्छ । सुशासन कायम गर्न सक्ने क्षमता चाहिन्छ । सामाजिक अनुशासन कायम गरी जनपक्षमा काम गर्ने इच्छाशक्ति चाहिन्छ । अहिले राजनीतिमा हुर्किएको बदलाको भावना र यसबाट सिर्जित दुष्कर्मले नेपालको समृद्घि र नेपालीहरूको भविष्यमाथि ठूलो खेलवाड भइरहेको छ ।
राजनीतिक नेतृत्व नबदलिने भएपछि अब नेपाली मतदाता बदलिन जरुरी छ । मतदाताहरू बदलिनुको अर्थ अहिले असफल, वृद्धभत्ता खाने उमेरका शीर्ष भनिने दुर्योधनरूपी राजनीतिक खेलाडीहरूलाई बिदा गर्नु हो
अहिलेको नेतृत्वको क्षमता एवं कार्यशैलीको चर्चा गर्दा सभ्य समाजको सचेत नागरिकले निम्छरो बन्नुपर्ने अवस्था छ । राजनीतिका उच्च तहमा पुगेका नेतागणको विदेशी बैंकमा रकम राखेका विषय बेलाबेलामा आउने गरेका छन् । अरबौंको कमिसनहरूसँग यिनीहरूकै नाम जोडिएको छ । यिनीहरू नातावाद, कृपावाद र फरियावादको नेतृत्व गर्छन् । देशको सुविधामा डकार्ने र सर्वसाधारणहरूसँग चर्को कर असुलेर आर्थिक हिनामिना गर्ने पात्रको भूमिकामा छन् । प्रजातन्त्रको नाममा अप्रजातान्त्रिक काम गरिरहेका छन् । सत्ताकै लागि गठबन्धन गरेका छन् । एकले अर्कोको उछितो काढेका छन् । आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरह भनेझैं आफूलाई फाइदा भएन भने देश, समाज, जनता भाँडमा जाऊन्, यिनीहरूलाई चिन्ता छैन । यस्तै देखिएको छ ।
त्यसो त दलका नेताहरू जनताका निगरानीमा छन् । यिनीहरूको डोकोभित्र लुक्न खोज्ने प्रवृत्तिलाई समाजले राम्ररी बुभ्mदै आएको छ । यिनीहरू कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुराको पछिल्लो प्रकरण अर्थमन्त्रीको पुनः नियुक्ति हो । अर्थमन्त्रीको पदमा असफल भइसकेको र पछिल्लोपटक करका दायराहरू फेरबदल गरी प्रधानमन्त्रीको परिवार र ठूला व्यापारी घरानाको फाइदाका लागि काम गरेर बदनाम भइसकेका अर्थमन्त्री फेरि कुन मुखले त्यही पदमा टाँसिन सकेको ? टसाउन सकेको ? लोकलाज हुँदैन ?
अति गर्नु, अत्याचार नगर्नु भनिन्छ । राजनीतिक कर्मले नेपाली जनतामाथि अत्याचार भइरहेको छ । त्यसो त यिनीहरूलाई देशको ढुकुटी पालैपालो स्वाहा पार्ने अवसर दिने नेपाली जनता हुन् । असफल भइसकेको मान्छेलाई फेरि भोट दिएर सांसद बनाउने नेपाली मतदाता हुन् । यस अर्थमा नेपाली मतदाताहरू बदलिन आवश्यक छ । अहिलेको नेतृत्व बदलिन सक्ने सम्भावना देखिँदैन । यो नेतृत्व र यिनीहरूसँग जोडिएका समूहले बदला दिने र आप्mनो दुनो सोझाउने कामबाहेक केही गर्न सक्दैन र गर्दैन पनि ।
अन्त्यमा, राजनीतिक नेतृत्व नबदलिने भएपछि अब नेपाली मतदाता बदलिन जरुरी छ । मतदाताहरू बदलिनुको अर्थ अहिले असफल, वृद्धभत्ता खाने उमेरका शीर्ष भनिने दुर्योधनरूपी राजनीतिक खेलाडीहरूलाई बिदा गर्नु हो । यिनीहरूलाई मत नदिनु हो । यिनीहरूलाई मतदान गर्दा फेरि देशले ५ वर्ष दुःख पाउँछ । जनताका जीवन अझै कष्टकर हुन्छ । भ्रष्टाचार गर्ने र गराउने काम हुन्छ । आफ्नाे खुट्टामा आफैं बन्चरो हान्नु हो । देशको भविष्यमाथि खेलवाड गर्नु हो । बाँदरलाई मकैबारीमा पठाउनु हो । दुधको साछी बिरालो राख्नु हो । यसर्थ, कम से कम डडेलधुरा, चितवन, गोर्खा, रौतहट, झापा, तनहुँ, काठमाडांैलगायतका मतदाताहरू बदलिऔं । देश हामी सबैको हो । समयअनुसार बदलिन सिकाैं । असल नेतृत्व चयन गरौं ।






