काठमाडौं । देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर डा. पुष्प राजकर्णिकार र महिला वातावरण समुहकी उपाध्यक्ष कमला विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, सरोजा पौड्याल, हनुमानस्थान प्रहरी प्रभागका प्रहरी सहायक निरिक्षक प्रकाश पाण्डै, टोल सुधार समितिकी अध्यक्ष मथुरा विष्ट सहभागी थिए ।

संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । खेबहादुर बुढाथोकीको अध्यक्षतामा रामकुमार पुराकोटी, सचिव दिनेश शिल्पकार, कोषाध्यक्ष प्रमिला श्रेष्ठसहित १५ जनाको कार्यसमिति रहेको छ । संस्थाको सल्लाहकार गोकुल थापा रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)






