काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा रहेको आकार कम्प्लेसका केही सञ्चालकविरुद्ध प्रहरीमा उजुरी परे पनि उनीहरूमाथि अनुसन्धान र कारबाही हुन सकेको छैन ।
कम्प्लेक्सका सञ्चालकहरूमध्ये अशोकुमार राजभण्डारी, राजेश श्रेष्ठ र केशवमान श्रेष्ठका विरुद्ध कम्प्लेक्सकै सञ्चालक आकाश राजभण्डारीले ठगी मुद्दा दिएका हुन् । प्रहरीले भने ठगी गर्ने सञ्चालकहरूको खोजी भइरहेको बताए पनि कसैलाई पक्राउ गर्न सकेको छैन ।
व्यावसायिक प्रायोजनका लागि निर्माण भएको कम्प्लेक्समा सञ्चालकद्वय राजभण्डारी र श्रेष्ठले अर्का सञ्चालक आकाश राजभण्डारीलाई थाहै नदिई विभिन्न पटक भवन निर्माणका क्रममा ठेकेदारलाई नगद भुक्तानी गर्न लगाउने, बैंकको कर्जाहरू भुक्तानी गर्न लगाउने र हिसाबकिताब नै नगरी बहुमत सञ्चालक सदस्यहरूको धाकधम्की पनि दिने गरेको उजुरीकर्ता राजभण्डारीले जानकारी दिए ।
यस्तै, सञ्चालहरूको सहमतिबिना नै एकलौटी तरिकाले कम्प्लेक्स भाडामा लगाउने, आपूmखुसी भाडा उठाउने र बैंकमा जम्मा नगरी कम्पनीलाई नै ठगी गरेको आरोप उनीहरूमाथि लागेको छ । ती तीन सञ्चालकविरुद्ध नगदमा नै कारोबार गरी आयकर, घरबहाल कर पनि भुक्तानी नगरी राजस्व छलीसमेत गर्ने गरेको उजुरी परेको बताइएको छ । ठगी गर्ने समूहका सञ्चालकहरूलाई सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।
ठगी गर्नेमध्येमा राजेश श्रेष्ठले न्युरोडमा रहेको आरबी कम्प्लेक्स, भक्तपुरमा रहेको रामदेवी कम्प्लेक्सलगायतका विभिन्न कम्प्लेक्समार्फत पनि ठगी गरेको गुनासा आउनेक्रम बढेको बताइएको छ । ठगीमा मुद्दा हालिएका माथि प्रहरीले छिटोभन्दा छिटो पक्राउ गरी सशक्त अनुसन्धान र कारबाही गर्नुपर्ने माग अन्य सञ्चालकको छ ।






