प्रेस चौतारी गोदावरी नगर समिति घोषणा

ललितपुर । प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रूपमा गोदावरी नगर समिति घोषणा भएको छ ।

ललितपुर चापागाउँमा सोमबार प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको घोषणा गरिएको छ । सो समितिलाई छिट्टै नै पूर्णता दिने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए ।

संयोजकमा तामाङ र सचिवमा मर्हजन

प्रेस चौतारीको इतिहासमै पहिलोपटक स्थानीय तहमा कमिटी गठन गरेको हो । यसअघि संघ, प्रदेश र जिल्लामा मात्र सीमित रहेको चौतारीको नवौं महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गर्ने उल्लेख छ । ‘हामीले यही विधानलाई टेकेर देशकै पहिलो चौतारीको स्थानीय समिति निर्माण गरेका छौं, देशभरमै पहिलो बनाएर इतिहास रचेको छ’, अध्यक्ष आचार्यले भने, ‘कमिटीलाई छिट्टै पूर्णता दिइनेछ ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितासँगै पार्टीको प्रचारको जिम्मेबारी पनि सँगै लैजानुपर्ने कर्तव्य रहेकोे बताए । पत्रकारलाई चुनाव आएपछि मात्र सम्झने बानी त्यागेर अरू बेला पनि सम्झने र विभिन्न क्रियाकलापमा सहभागी गराइरहनुपर्ने आवश्यकता देखिन्छ, उनले भने ।

प्रदेश सासंद चेतनाथ सञ्जेलले आफूले पाँच वर्षमा धेरै काम गरेको र त्यसलाई अब चौतारीकै साथीले उजागर गर्नुपर्ने बताए । उनले पार्टीको प्रचार र राजनीतिक आन्दोलन मात्र नभएर सामाजिक आन्दोलनमा समेत पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए ।

जिल्ला कार्यालय सचिव रमेशचन्द्र घिमिरेले एमालेको जनसंगठन प्रेस चौतारी भएकाले यसमा आवद्ध भएपछि पत्रकारले पार्टीको प्रचारमा लाग्नुपर्ने उल्लेख गरे ।

पार्टीका गोदावरी नगर समिति अध्यक्ष प्रभाकर थापाले गठन गरेको समितिका पदाधिकारीलाई सहयोग गर्ने वचन दिँदै गोदावरीको पत्रकारितालाई उर्वर भूमि बनाउनुपर्नेमा जोड दिए । प्रेस चौतारी ललितपुरका उपाध्यक्ष नवीन लुइँटेलले गोदावरी समिति गठन हुँदा चुनौती थपिएको बताए । उनले प्रेस चौतारी एमालेकै जनसंगठन हो भन्ने आमकार्यकर्तामाझ बुझाउनुपर्ने आवश्यकता औंल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 508 times, 1 visits today)

epaper

ताजा समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न