वादले बर्बाद हुँदै द्रव्यवादमा फसेको मुलुक

नेपालमा राजनीतिको नाममा जनता ठग्ने धन्दाले नेपाली समाज वाक्कदिक्क भएको अवस्था छ । नेपाली कांग्रेसले राजनीतिक सिद्धान्तका रूपमा मान्दै आएको बीपीवाद शेरबहादुरसम्म आइपुग्दा हराएको छ । अहिलेका नेताहरू बीपीवाद होइन, द्रव्यवादमा रमाएका छन् । पैसा कमाएका छन् । सम्पत्ति जमाएका छन् । हुँदाहुँदा त विचार, सिद्धान्त, कार्यशैली केही पनि नमिल्ने माओवादी दलसँग गठबन्धन गरेर चुनावमा होमिँदै छ कांग्रेस । शीर्ष भनिने दुई चारजना नेताहरूको सत्तास्वार्थका लागि गरिएको यस्तो गैरराजनीतिक गठबन्धनलाई इमानदार कांग्रेसजनले नै मन पराएका छैनन् । प्रजातन्त्रको ब्रान्ड भनेर चिनिएको नेपाली कांग्रेसमा बीपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता सिद्धान्तनिष्ठ नेताहरूको विरासत अहिले सिङ न पुच्छरको भएको छ । कांग्रेसका जुझारुजनमा बीपीवाद खै ? भन्दा पद, प्रतिष्ठा र पैसाको मातले पुरिएको छ भन्ने गर्छन् । यसरी हेर्दा बीपीको समाजवाद, राष्ट्रियता र प्रजातन्त्रको निष्ठाबाट विचलित भएर नेपाली कांग्रेस अहिले द्रव्यवादमा फस्दै जानाले देश बर्बाद भएको छ ।

नेपालमा कम्युनिस्टहरू राजनीतिक सिद्धान्त र वादविहीन दलहरू भएको जानकारहरू बताउँछन् । मुलुकमा कम्युनिस्टको खोल ओढेर कमिसनमा रमाउने दलहरू दर्जनौं छन् । यिनीहरूले माक्र्सवाद, लेलिनवाद भन्छन् । युरोपका अन्य कम्युनिस्ट नेताहरूको नाम पनि जानेका छन् । एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले)ले पुष्पलाल, मनमोहन र मदन भण्डारीहरूको नाम भजाउने गरेका छन् । यिनीहरूका पार्टी कार्यालयहरूमा विदेशी नेताहरूको फोटो झुन्डिएको छ । कुनै पनि औपचारिक कार्यव्रmममा माक्र्स र लेलिनहरूका तस्बिरहरूमा पूजा गरेर मुड्की ठाडो पारेपछि मात्र जनताहरूलाई झुक्याउने मन्त्र पाठ गर्छन् । अनि, राजनीतिक भागबन्डा र कमाउ नीतिका तानाबानामा कुस्ती खेल्छन् । यिनीहरूले देखाउने विदेशी राजनीतिक गुरुहरू माक्र्स र लेलिन भए तापनि खानपिनका कुराहरू नमिल्नेबित्तिकै सानो सानो झुन्डमा विभाजित हुन्छन् र एकले अर्कोलाई सत्तोसराप गर्ने कर्ममा खरो उत्रन्छन् ।

यति मात्र होइन, लेलिन र माक्र्सका चेलाहरू पूर्वीय वैदिक परम्रामा विश्वास गर्दैनन् । मठमन्दिर जाने, पूजाआराधना गर्नेजस्ता कार्यहरूमा यिनीहरू संलग्न हुँदैनन् पनि, हुन्छन् पनि । यिनीहरू भौतिकवादी हुन् कि अध्यात्मवादी हुन् । या, दुवै हुन् ? अर्थात् दुवै होइनन् । नेपाली समाजले बुभ्mन सकेको छैन । बरु यिनीहरूलाई होली वाइनका सेवनकर्ता र विदेशी प्रभुका सेवक हुन् भन्ने गरिन्छ । ठाउँ र समाजको चेतनाअनुसार छेपारे र चेपारे कुरा गर्न सिपालु यिनीहरूलाई नेपाली समाजले अझै पनि चिन्न नसक्दा यो दल राजनीतिलाई माध्यम बनाएर देश बर्बाद पार्नमा उद्यत छ ।

शेरबहादुरसम्म आइपुग्दा नेताहरू बीपीवाद होइन, द्रव्यवादमा रमाएका छन् र माओवादी दलसँग गठबन्धन गरेर चुनावमा होमिँदै छ

यसैगरी, ५० को दशकपछाडि देखापरेको माओवादी भन्ने दल अझै कडा, उग्र, पूर्वीय दर्शन, वैदिक संस्कार र संस्कृतिको विरोधी, हत्या, हिंसाको पूजारी हुँदै अहिले द्रव्यवादीमा नाम दर्ज गरेको छ । जातिवादको उग्र नारामा एकपटक नेपाली समाजलाई जुरुक्क उचालेर लुटवाद मच्याएको माओवादीले माओको फोटोको पूजा गरेपछि दाह्रा किट्दै मुड्की आकासतिर देखाउँछ र देशका अग्रजहरूको सत्तोसराप गर्छ । राष्ट्रनिर्माताका सालिकहरू भत्काउँछ । हुने खाने वर्गलाई सामन्ती भन्छ । यसको कार्यशैली देख्दा परिवारवाद, आफन्तवाद, नातावाद, फरियावाद, अवसरवाद, द्रव्यवाद वा अन्य कुनै उसलाई फाइदा हुने वाद छन् भने मरिहत्ते हरेर लागू गर्छ । आप्mनो दललाई सर्वहारा वर्गको नेतृत्व भन्ने गर्छ ।

यी सर्वहाराका नेतृत्वहरू काठमाडांैमा ठूलाठूला महल बनाएर बसेका छन् । यिनीहरू चिल्ला गाडीमा हुइँकिन्छन् । अरबांैका कमिसनहरूमा यिनीहरूको नाम जोडिएको छ । यिनीहरूले भौतिक द्वन्द्ववाद भन्छन् क्यारे । त्यसैले, चरम भौतिकवादी यिनीहरूको दल पनि द्वन्द नै द्वन्दमा जेलिएको छ । सत्ता र भत्ताका लागि जोसँग पनि चोचोमोचो मिलाउन सिपालु यिनीहरूमा चमेरे प्रवृत्ति हाबी छ । छेपारे चरित्र छरपस्ट छ । माओवादबाट अवसरवाद हुँदै द्रव्यवादको दलदलमा हेलिएको यो दल देशका लागि बेकाम भएको छ ।

नेपालमा ८४ वटा दलहरू आगामी निर्वाचनमा भाग लिँदै छन् भन्ने समाचार आएको छ । यिनीहरूका ८४ वटा सैद्धान्तिक वादहरू के होलान् ? जानकारहरू भन्छन्, ‘कुनै सैद्धान्तिक वादहरूले यिनीहरूलाई निर्देशित गरेको छैन । यिनीहरूलाई अवसरवाद, कमिसनवाद र खाओवादले गाइड गरेको छ ।’ त्यसो त समाजले खोट लगाउन नसक्ने नेताहरू पनि छन् । दृष्टान्तका लागि भरखर दिवङ्गत भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई नेपाली समाजले एउटा पनि खोट लगाएको सुनिएन । उनी प्रशंसाका पात्र रहे । यसरी हेर्दा नेपाली समाजले सबै राजनीतिक कर्मीहरूको आलोचना गर्छ भन्ने कुरा मिथ्या हो । बरु समाजमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने जागरणको विकास हुँदै गएको छ । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।

नेपालमा राजनीतिक सम्पूर्ण वादहरूको प्रयोग भइसकेको छ । तानाशाह, प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, माक्र्सवाद, लेलिनवाद, माओवाद, बीपीवाद, नौलो जनवादलगायत अनेक वाद प्रयोग भइसकेका छन् । यी हात्तीरूपी वादहरूलाई माउते रूपी सञ्चालकले सञ्चालन गर्न नसकेपछि सबै वादको प्रयोग बर्बाद उन्मुख भएको अवस्था छ । यिनीहरूको प्रयोग गर्न खोज्दा देश बर्बाद भएको छ । एउटा कुनै पनि वादको सक्षम माउते नभइदिँदा यी वाद छरपस्ट भएका छन् । अहिले, पछिल्लो समयमा लागू भएको समाजवादोन्मुख लोकतन्त्र पनि सीमित व्यक्तिका लागि कमाइ खाने माध्यम भएको छ । कोही नेतागणका आफन्तजन पोस्ने माध्यम भएको छ । कमिसन कुम्ल्याउने साधन भएको छ ।

राजनीतिक दलमा विभिन्न वाद बोकेका भरियाहरूले नागरिकलाई सधैँ तड्पाउने, भोट बैंक बनाउने र उनीहरूको गरिबीको नाम भजाएर देशको सुविधामा हालिमुहाली गर्ने काम सफलतापूर्वक गरिहेका छन् । अहिलेको लोकतन्त्र वा गणतन्त्र सर्वसाधारणका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भनेझैं भएको छ । नेतृत्वले कुशासन मात्र गरेको छैन, यो वा त्यो नाममा नागरिकको भाग्य र भविष्यमाथि ठूलो खेलवाड गरिरहेको छ । अब, मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनका लागि यी देशलाई बर्बाद पार्ने भ्रष्ट छेपारे र चेपारेहरू जनताको घरदैलोमा आउँदै छन् । यो वा त्यो गर्छु पनि भन्नेछन् । तर, मतदाताहरूले भ्रष्टहरूलाई पाखा लगाउनुपर्छ । भ्रष्टहरूलाई नांगेझार पार्नुपर्छ ।

माओवादी सर्वहाराका नेतृत्वहरू काठमाडांैमा ठूलाठूला महल बनाएर चिल्ला गाडीमा हुइँकिरहेका छन्

नेपालका ठूला भनिएका राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र माओवादीका सञ्चालकहरू क्लेप्टोमेनियाँ रोगबाट ग्रस्त छन् । यो रोगले प्रभावित व्यक्तिहरूमा लोभ एवं सम्पत्ति कुम्ल्याउन ¥याल चुहाउने बानी हुन्छ । लोकलज्जा वा इज्जतको वास्ता हुँदैन । उल्लेखित दलका शीर्ष भनिनेहरूले बुढी गण्डकी जलविद्युत् परियोजनामा तीनतीन अर्ब कमिसन कुम्ल्याएको अर्को एक जना नयाँवादको खोजी गरिरहने पूर्वप्रधानमन्त्रीले सोसियल मिडियामा निर्धक्क डाँको छाडे । आवश्यकता परे ठोस प्रमाण दिनसक्ने पात्रको रूपमा आपूmलाई उभ्याए । उनको भनाइमा उल्लेखित अरबपतिहरूको कुनै पनि प्रतिक्रिया आएन । तैँ चुप मै चुप भए ।

समाजमा क्लेप्टोमेनियाँ रोग कोरोना फैलिएजस्तै फैलिएको छ । यो रोगका रोगीहरू द्रव्य आर्जनका लागि छलछाम, ठगी, दलाली, कालोबजारी, तस्करी, कमिसन, बिचौलिया आदिइत्यादि कुकर्ममा व्यस्त छन् । कतिपयलाई बुढी गण्डकीवालाहरूको साथ र सहयोग छ त, कति भर्खर रोगले भेट्टाएकाहरूले देखासिखी गर्दै छन् । सम्पत्तिप्रतिको मोहले बैचैन बनाउने क्लेप्टोमेनियाँ रोग लागेपछि मानिसले साम, दाम, दण्ड, भेद लगाएर भए पनि सम्पत्ति कुम्ल्याउने काम गर्छ । समाजवाद उन्मुख भनिएको पछिल्लो राजनीतिक औजारले राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, ठेक्कापट्टा आदि ठाउँमा प्रवेश गर्नासाथ क्लेप्टोमेनियाँ रोगले भेट्टाइहाल्ने अवस्था सिर्जना भएको छ ।

क्लेप्टोमेनियाँ रोगीहरूका कारणले देश बर्बाद भइरहेको छ । राजनीतिक क्षेत्रमा हुने गरेको पद, पैसा र शक्ति संघर्षले सिंगो मुलुकले दुःख पाइरहेको छ । देशमा हुने ठेक्कापट्टा, विकास निर्माण, राजनीतिक नियुक्तिलगायतका ठाउँमा कमिसन, भ्रष्टाचार, अनियमितता एवं सेटिङ हुने गरेको छ । नातावाद, कृपावाद, पैसाको चलखेलजस्ता व्रिmयाकलापका कारण राइटम्यान इन राइट प्लेस हुन सकेको अवस्था छैन । लाटा देशका गाँडा तन्नेरीहरूले देशको अर्थतन्त्रमा लुट मच्चाइरहेका छन् । बेथिति गरिरहेका छन् । यस्तो अवस्थामा निर्वाचन हुँदै छ । त्यसैले, यो अवसरको मतदाताहरूले उपयोग गर्नुपर्छ । निर्वाचनमा द्रव्यवादको राइँदलो गर्नेहरूलाई हराउनुपर्छ । जनहितमा काम गर्ने नेतालाई जिताउनुपर्छ । मतदाताहरूले यसै गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

epaper

ताजा समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न