आकृतिको बलत्कारपछि हत्या गर्ने, हत्यारा पक्राउ

इलाम। इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्यागरी अम्लिसो बारीमा पुरिएको अवस्थामा फेला परेकी स्थानीय १७ वर्षकी किशोरी आकृति राईकोे हत्यारा फेला परेका छन । जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपनिरिक्षक हिरा बहादुर पाण्डेले बिहीबार पत्रकार संम्मेलन गरी हत्यारा फेला परेको जानकारी दिएका छन ।
राईलाई स्थानीय रोशन राईले करणी गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रोशनलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । किशोरीलाई राईले जवरजस्ती करणी पछि ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको र तरुल खनेका खाल्डोमा हालेर पुरेको अुनसन्धानबाट खुलेको प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
किशोरीले आँफूलाई जवरजस्ती गरेको कुरा घरमा भन्दिन्छु भनेपछि पोल खुल्ने डरले राईले उनको हत्या गरेको प्रहरीले जनाएको छ । ‘हत्या पछि शव लुकाउन उनले आफ्नै बारीमा रहेको तरुल खनेको खाल्डोमा शव हालेर पुरेको पाइयो’, प्रहरी उपरीक्षक पाण्डेले भने ।
सोहि ठाउँको ज्योती माविमा अध्ययनरत किशोरी मंगलबार कक्षा ११ को आन्तरिक परिक्षा दिन विद्यालय हिँडेपछि विद्यालय नपुगेपछि उनको खोजी गरिएको थियो । परिक्षा शुरु हुने समय सम्ममा विद्यालय नपुगेपछि खोजिको क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला परेको थियो ।
प्रहरीले अनुसन्धानको लागि अन्य तीन जनालाई समेत पक्राउ गरेको थियो । हत्यामा अरुको संलग्नता पुष्टि नभएको र राईले एक्लैले बलत्कारपछि हत्या गरेको बयान दिएपछि अन्यलाई भने छाडिएको प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई