काठमाडौं । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम भएकी छन् ।
फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन् । प्रथम भएसँगै अधिकारीलाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएकी छन् । दोस्रो र तेस्रो उपाधि हाँसिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद १५ र १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई जनही पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गरिन् । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सम्बन्धित समाचार
सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै
चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत





