नुहाउने क्रममा बेपत्ता दुई जना बालक मृत फेला

बर्दिया । खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको सुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा सुक्रबार विहान फेला परेको हो ।

घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी कार दुर्घटना अपडेट: ३ जना वेपत्ता