काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी हुन्छौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे।

आइतबार भक्तपुरको प्रतिनिधिसभा २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन्। बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिएका थिए।

अघिल्लो निर्वाचनमा पनि विजयी बनेका नेता बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध प्रतिस्पर्धामा छन्। उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 1,527 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)