जुम्लाकाे तातोपानीका बाढी पहिराे पिडितलाई राहत प्रदान

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकाले बाढी पहिराे पिडितलाई राहत वितरण सुरु गरेकाे छ। तातोपानी गाउँपालिका भित्रका बाढी पहिराे पिडितलाई आज (असाेज २ गते)बाट राहत वितरण सुरु गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए ।

आज तातोपानी गाउँपालिका वडा नम्बर १,२,३ का बाढी पिडितलाई राहत स्वरुप सिरक,डसना,नुन,तेल , दाल र चामल दिइएकाे अध्यक्ष चाैंलागाईले बताएका छन्। पालिका भित्र बाढी पहिराे र अविरल वर्षाले घरमा पुर्ण क्षति भएका कुल ६४ परिवारलाई राहत स्वरुप प्रति परिवार १ प्याक चामल,५ किलाे दाल, दुई प्याकेट नुन तथा तेल, र १/१ सिरक डसना वितरण गर्न सुरु गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिएकि छन्।

पालिकाभर ६४ परिवार बाढी र पहिराे बाट विस्थापित भएका छन्। तत्काल समस्या समाधान का लागि गाउँपालिकाले राहत प्रदान सुरु गरेकाे उपाध्यक्ष रावलले बताइन।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ