कालिकोटमा सकेट बम विस्फाेट, २ जनाको मृत्यु ३ घाइते

कालिकाेट । कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाडामा सकेट बम बिस्पोट भएको छ । कोदोबारीको छेउमा राखिएको बम बिस्पोट हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बम बिस्पोट भइ मृत्यु हुनेमा तिलागुफा १० निवासी ४ बर्षिय झरना थापा, ४ वर्षिय सरस्वती राना रहेका छन् । घाइते हुनेमा ७ वर्षिय कमल थापा, ५ बर्षिय मुस्कान थापा, र ३ वर्षिय दर्शना थापा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेको नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख जयश्वर रिमालले बताएका छन् । सकेट बम पुरानो हो वा नयाँ अनुशन्धान भइरहेको डिएसपी रिमालको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)