मध्यरातमा युवासँग नाइट क्लबमा दंग ओली

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा लागि चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी)मा पुगेर क्लबमा रमाइरहेका युवायुवतीसँग साक्षात्कार र छलफल गरे । ओली केही समय क्लबमा रमाइरहेका युवायुवतीसँग रमाइलो गफगाफमा भुलेका थिए ।

खासमा एमालेको नयाँ चुनावी ¥याप गीत सार्वजनिक गर्न मध्यरातमा अध्यक्ष ओली एलओडी पुगेका हुन् । ¥याप गीत सार्वजनिक गर्दै ओलीले एमाले युवाहरूलाई स्वदेशमा नै रोजगार दिलाउन विशेष योजनाका साथ अघि बढिरहेको बताए । उनले क्लबमा रमाइरहेका युवायुवतीलाई केही समय देशका लागि सोच्न समेत बाध्य हुनेगरी ती युवायुवतीसँग भलाकुसारी मात्रै गरेनन् कि युवायुवतीसँगै केही समय रमाइलो समेत गरे ।

मध्यरातमा ओली क्लब पुग्दा सयौं युवाले ओलीलाई स्वागत गरेका थिए । क्लबमा एमाले सरकारको पालामा भएको विकास निर्माण समेटिएको ‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ गीत समेत सार्वजनिक गरिएको थियो ।

‘गाउँ गाउँमा ओली, सहर सहरमा ओली’ नाम दिइएको गीतमा ओलीले नागरिकता विधेयकमा लिएको अडान, अतिक्रमित भू–भाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध