काठमाडौं ८ मा एसको दाबी

काठमाडौं । काठमाडौं क्षेत्र ८ का प्रतिनिधिसभा उम्मेदवार घरदैलोपछि उत्साहित देखिएका छन् । सत्ता गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ घरदैलोपछि उत्साहित देखिएका छन् । चुनावी प्रचारमा आपूmलाई चिनाउन नपरेको उनको कथन छ ।

नेकपा एमालेका उम्मेदवार शिव सुन्दरराज वैद्य आप्mनो जित हुने दाबी गर्छन् । चुनावी प्रचारप्रसारपछि उत्साहित रहेको बताउँछन् । यस क्षेत्रमा श्रेष्ठ र वैद्यबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यस क्षेत्रका सबै उम्मेदवारले संस्कृतिलाई ‘फोकस’ गरेका छन् । श्रेष्ठले त ‘संस्कृति र सम्पदाको राजधानीका रूपमा स्थापित गराउने’ प्रतिबद्धता नै जनाएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन नतिजाअनुसार सो क्षेत्रका ८ वटा वडामध्ये कांग्रेसले ४, एमालले २, राप्रपाले १ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेका थिए ।

नेकपा एसले काठमाडौं महागरमा एउटामात्र वडा जितेको थियो । जुन यसै क्षेत्रमा पर्छ । सो क्षेत्रमा काठमाडौं महानगरको ६ वटा १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुनको ४ र ५ वडा समेटिएका छन् ।

हाम्रो नेपाली पार्टीका ४९ वर्षीय सुमन सायमी पनि यसै क्षेत्रका उम्मेदवार हुन् । गत स्थानीय तह निर्वाचनमा काठमाडौं महागनर प्रमुखका उम्मेदवार उनले १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए ।

सायमी त्यति बेला स्वतन्त्र थिए भने यसपटक हाम्रो नेपाली पार्टीबाट उम्मेदार छन् । उनी पनि स्थानीय तह निर्वाचनको नतिजाबाट उत्साहित देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ छन् । यस क्षेत्रमा १६ वटा दलका उम्मेदवारसहित तीन स्वतन्त्र उम्मेदावर चुनावी दौडमा छन् ।

कुल ५३ हजार १ सय ६ मतदाता रहेको क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

वैशाखको स्थानीय निर्वाचनमा यी वडामा कांगे्रसको १० हजार ८ सय ७२, एमालेको ९ हजार २ सय ५३, एकीकृत समाजवादीले ५ हजार १ सय ४२, राप्रपाले ३ हजार २ सय ४०, स्वतन्त्रले १ हजार ३७ र माओवादी केन्द्रले १ सय ४२ मत पाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित