कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिन नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ ।
हेल्थडेस्कमा दैनिक ५० भन्दा बढिको स्वास्थ्य चेकजाँच भइरहेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज हंशराज वरालले जानकारी दिए । ‘नगरपालिका प्रवेश गर्ने जो कोहिलाई अनिवार्य स्वास्थ्य जाँच गरिहेका छौँ ।’ उनले भने ।
उनका अनुसार कार्यालय प्रवेश गर्ने सेवाग्रहीलाई पनि गेटमै रोकेर स्वास्थ्यकर्मीले साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न सिकाइरहेका छन् । बिहिवार देखि हेल्थ डेक्स चलाएको रास्कोट नगरपालिकाले बिहीवारदेखि परीक्षणसमेत सुरु गरेको छ ।
अहिले भारत र तराई क्षेत्रवाट पहाडी घरमा फकर्नेको लर्को छ, ‘परिक्षणमा विषेश गरि भारतवाट घर फर्केका यात्रुहरुको वढि चेकजाँचमा ध्यान दिएको हेल्थडेक्कमा कारर्यरथ स्वास्थ्यकर्मी कण वरालले बताए । उनका अनुसार पहिलो दिनमा ४० मध्ये ३ जनामा रुघा खोकि दोस्रो दिनमा ४० जनालाइ चेकजाँच गर्दा रुगाखोकिका ७ जनामा रुघाखोकी भेटिएको छ ।






