गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

भैरहवा । रुपन्देही ३ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दीपक बोहरालाई पछ्याइरहेका छन् । ८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि छन् । सुरुवाती चरणमा अग्रता कायम गरेका खाँण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन् ।

खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । ३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने