कपिलवस्तु-१ एमालेका अधिकारी र २ मा कांग्रेसका आचार्य विजयी

कपिलवस्तु । कपिलवस्तु–१ मा नेकपा एमालेका बलाराम अधिकारी र २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । प्रतिनिधि सभा निर्वाचनको ३६ हजार १ सय १५ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल (बलदेव) १८ हजार १ सय ९० मत प्राप्त गरे ।

यसैगरी कपिलवस्तु क्षेत्र–२ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य विजयी भएका छ्न । काङ्ग्रेसका उम्मेदवार आचार्यले ३९ हजार १४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बिर्जेश कुमार गुप्ताले ३८ हजार ६ सय ९७ मत प्राप्त गरे । आचार्यले ३ सय १९ मतान्तरले एमालेका उम्मेदवार गुप्तालाई पराजित गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने