कपिलवस्तु २– निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र

Online Nepali News Portal

कपिलवस्तु । कपिलवस्तु २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ ले प्रमाणपत्र वितरण गरेको छ ।

कपिलवस्तु जिल्ला अदालत प्रमुख न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेशसभा (१) मा निर्वाचित नेकपा एमालेका नवराज लामिछाने र प्रदेशसभा (२)मा निर्वाचित नेपाली कांग्रेसका सुधाकर पाण्डेलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

नवनिर्वाचित सांसदले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्ण मतदातालाई धन्यावाद ज्ञापन गरे ।

साथै प्रमुख न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले निर्वाचनमा जनतालाई मतदाता शिक्षा दिन नै जटिल अवस्था रहेका बेला राजनैतिक दलले मतदाता शिक्षा र सान्तिपूर्ण मतदानका लागि सहयोग गरेकोमा धन्यवाद दिदै जिल्लामा रहेका संवेदनशील मतदान केन्द्रको सुचिमा रहेका ६ वटा मतदान केन्द्रलाई संवेदनशील केन्द्रको सुचिमा राख्न नपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’