दाङ विमानस्थलमा सिता एयरले परीक्षण उडान भर्ने


तुलसीपुुर । दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले परीक्षण उडान भर्ने भएको छ । निजी कम्पनीको विमान सिता एयरले पहिलो चरणमा शुक्रबार ११ बजे परीक्षण उडान भर्ने दाङ विमानस्थलका ट्राफिक कन्ट्रोलर गणेश अर्यालले जानकारी दिए ।

परीक्षण उडानका लागि क्यानबाट अनुमति लिएर एयरपोर्टमा जानकारी आएको कन्ट्रोलर अर्यालले बताए । परीक्षण उडान सफल भएमा नियमित उडान भर्ने तयारी सिता एयरले गरेको छ । टरिगाउँ एयरपोर्टमा इन्धन डिपो संचालनमा आएपछि सिता एयरले चासो देखाएको हो ।

यता तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले नियमित उडानका लागि कुरा भए अनुसार सिताले परीक्षण उडान भर्न लागेको बताइन् । अहिले नेपाल एयरलाइन्सले हप्तामा ४ दिन एक दिन बिराएर आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आइरहेको छ । दाङ काठमाण्डौ र काठमाण्डौ दाङको भाडा प्रति व्यक्ति ९ हजार देखि १२ हजार ३ सय सम्म रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति